समाचारशनिबार, जेठ १०, २०७१

न्यायाधीश उपाध्यायको सुनुवाइ चल्दै

हिमालखबर

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि सिफारिश भएका उपाध्यायको सुनुवाइ गरिरहेको छ । सिंहदरबारमा १० जेठमा उनको सुनुवाइ चलिरहेको छ ।

अहिले सभासदले उनलाई प्रश्न गरिरहेका छन् । यसअघि आजै समितिले न्यायाधीश दीपकराज जोशीको सुनुवाइ गरेको छ । समितिले ९ जेठमा न्यायाधीश वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीको सुनुवाइ गरेको थियो ।

सर्वोच्चमा नियुक्तिका लागि न्याय परिषदले सिफारिश गरेका ८ न्यायाधीशको सुनुवाइ ९ जेठदेखि शुरु भएको हो । न्याय परिषदले न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेललाई ९ बैशाखमा सिफारिश गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>