थप समाचारशनिबार, जेठ १०, २०७१
अपहरण गरी फिरौती माग्ने पक्राउ
पाँचथर, चिलिङदिन–१ का कुवेरमान नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । पाँचथर लुङरुपा–६ घर भइ ईलाम फाकफोक–३ स्थित मावली घरमा बस्दै आएकी एक किशोरीलाई अपहरण गरी फिरौती लिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीसहितको समूहले १ जेठ राति पन्ध्र वर्षीया युवतीलाई अपहरण गरी परिवारसँग रु.७ लाख फिरौती मागेको ईलामका प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । घट्नाको जानकारी पाँउनासाथ खोजी कार्य शुरु गरेको प्रहरीले १० जेठमा उनलाई पक्राउ गरेको हो ।
लक्ष्मी गौतम, पाँचथर
