समाचारआइतबार, जेठ ११, २०७१
बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित
पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको मागसहित मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पुर्वका नौ जिल्ला बन्द आह्वान गरेको हो । बन्दका ११ जेठ बिहानैदेखि पुर्वको जनजीवन प्रभावित बनेको छ । निजी तथा सार्वजनिक यातायात चलेका छैनन् भने शैक्षिक संघ–संस्था, पसल, बजार, कलकारखाना ठप्प छन् ।
बन्द गर्दै हिड्ने परिषदका कार्यकर्तालाई प्रहरीले केही ठाउँबाट पक्राउ गरेको छ । संविधानसभा निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं.–१ का एमाओवादी उम्मेदवारलाई आक्रमण गरेको आरोपमा प्रहरीले लिम्बुवानका कार्यकर्ता पक्राउ गरेको थियो ।
उनीहरुलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरी हाल उनीहरु पुर्पक्षका लागि जेलमा राखिएको छ । उनीहरुलाई लगाएको आरोप झूठो रहेकाले तत्काल रिहाइको माग गर्दै एकदिने पूर्वाञ्चल बन्द आह्वान गरेको संघीय विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष जेण्टल लावतीले बताए ।
सन्तोष रुचाल, धनकुटा
