थप समाचारआइतबार, जेठ ११, २०७१

एमाओवादीका ३२२ नेता–कार्यकर्ता एमालेमा

हिमालखबर

नवलपरासीमा एमाओवादी परित्याग गरी एमाले प्रवेश गरेका ३२२ जना नेता कार्यकर्तालाई जिल्ला अध्यक्ष तिलक महतले टीका लगाएर एमालेमा स्वागत गरेका छन् ।

एमालेको राकाचुलीमा ११ जेठमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कमला ढुङ्गाना, जिल्ला सदस्य गगनजंग शाह, राकाचुली गाउँ समितिका अध्यक्ष मीनबहादुर दर्लामी लगाएका माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् ।

माओवादीबाट मुलुकमा परिवर्तन सम्भव नभएकाले एमालेमा प्रवेश गरेको कमला ढुङ्गानाले बताइन् । आफूहरुले एमाओवादीमा विताएको समयको पश्चाताप गर्नुबाहेक केही उपलब्धी नभएको उनको भनाई थियो ।

यसैबीच राकाचुलीमा अखिल नेपाल महिला संघ, युवा संघ नेपालका गाउँ कमिटी समेत निर्माण गरिएको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>