समाचारआइतबार, जेठ ११, २०७१

स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालखबर

कूल ७ करोड २७ लाख रुपैयाँ बिगो कायम गरी हदैसम्मको सजाय माग स्वास्थ्य सेवाविभागका महानिर्देशकसहितका १२ जना विरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सरकार र विभिन्न दातृनिकायबाट औषधी खरिदलगायत शिर्षकमा प्राप्त अनुदानमा अनियमितता गरेको आरोपमा आयोगले स्वास्थ्य सेवा विभागका महानिर्देशक लखनलाल साहसहित १२ जना विरुद्ध ११ जेठमा काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले साहसहित आपूर्ति व्यवस्था महाशाखाका प्रमुख तारानाथ पोखरेल, विभागका पूर्व महानिर्देशक मिङमार शेर्पा, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन वरिष्ठ निर्देशक कृष्ण बहादुर चन्द, आपूर्ति व्यवस्था महाशाखाकै पवन कोईराला, जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव, जन स्वास्थ्य निरीक्षक हेमलाल ज्ञवालीलगायत १२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले औषधी आपूर्तिकर्ता सञ्जय गुप्ता, धनी विद्या सुवेदी, गुणस्तरहीन औषधी आपूर्ति गर्ने कम्पनीका कर्मचारी निर्जला साह तथा ल्याबोरटरी फर्मास्युटीकल कम्पनीका निर्देशक आदित्य भाटियाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

दुर्गम पहाडी जिल्लाका गर्भवती महिलाहरुलाई सुत्केरी अवस्थामा अत्याधिक रक्तश्राव भएपछि दिइने मिसोप्रोस्टोल नामक औषधी बोलपत्र आह्वान गरी खरिद गर्ने क्रममा अत्याधिक लागत मूल्य कायम गरेको, आवश्यकता भन्दा बढी औषधी खरिद गरिएको, औषधीहरु गुणस्तरहीन भन्ने परीक्षणबाट प्राप्त हुँदा पनि औषधी आपूर्तिकर्तालाई कारवाही नगरिएको, करोडौं मूल्य पर्ने औषधीहरु स्टोरमा जम्मा गरी राखी सरकारी सम्पति दुरुप्योग गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>