समाचारसोमबार, जेठ १२, २०७१

प्रधानमन्त्री भारत प्रस्थान

हिमालखबर

भारतीय प्रधानमन्त्रीको सपथग्रहणमा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला १२ जेठ बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् । उनले भारतमा भारतका प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणव मुखर्जी, भाजपा अध्यक्ष राजनाथ सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायतसँग भेट्ने कार्यक्रम छ ।

सपथग्रहण समारोहमा १२ जेठमा सहभागी भएपछि प्रधानमन्त्री कोइरालाले १३ जेठबाट भेटवार्ता शुरु गर्नेछन् । उनले सपथग्रहण समारोहमा सहभागी हुने विभिन्न देश तथा सरकार प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको क्रममा क्षेत्रीय र द्विपक्षीय सहयोग, शान्ति, स्थायित्व र समृद्धिका विषयमा छलफल हुनेछ । टोली १४ जेठमा स्वदेश फर्किने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>