समाचारसोमबार, जेठ १२, २०७१

सुनुवाइ सकिएका न्यायाधीशको नियुक्ति यसरी हुन्छ

हिमालखबर

न्याय परिषदले सिफारिश गरेका आठैजना न्यायाधीशको सुनुवाइ सकिएपछि सिफारिश स्वीकृत वा अस्वीकृत गर्नेबारे निर्णय लिन १२ जेठ दिउँसो संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ । समिति बैठकमा न्याय परिषदको सिफारिश स्वीकृत गर्ने या अस्वीकृत गर्नेबारे छलफल हुने समिति सदस्य शिवलाल थापा मगरले जानकारी दिए ।

बैठक १२ जेठ दिउँसो २ बजे बस्नेछ । सिफारिश भएका आठैजना न्यायाधीशको सुनुवाइ ११ जेठमा सकिएको थियो ।

सिफारिश भएका न्यायाधीशको एक–एक गरेर निर्णय गर्ने समितिको तयारी छ । सभासद थापा मगरले भने, “समितिले आठैजना न्यायधिसको बेग्लाबेग्लै निर्णय गर्नेछ ।”

सिफारिश एकमतले स्विकृत वा अस्वीकृत नहुँदा समितिमा भोटिङ हुनेछ । भोटिङमा प्रस्तावित न्यायाधीशलाई अस्वीकृत गर्न दुईतिहाई बहुमत आवश्यक पर्छ । तर, दुईतिहाईले अस्वीकृत नगरेमा प्रस्ताव स्वतः स्वीकृत भएको मानिने कानुनी व्यवस्था छ ।

अर्कोतर्फ, प्रस्ताव प्राप्त भएको ३५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ । त्यो प्रस्ताव प्राप्त भएको ३५ औं दिन १३ जेठमा पुग्दैछ ।

सभासद थापा मगरले ३५ दिनभित्र समितिले प्रस्ताव स्वीकृत वा अस्वीकृतको निर्णय गरि पठाउनुपर्ने भएकाले आजै निर्णायक छलफल गरिने बताए ।

३५ दिनभित्र संसदीय सुनुवाइको निर्णय हुन नसके प्रस्तावित व्यक्तिको स्वतः नियुक्ति हुने व्यवस्था संविधानसभा कार्यसञ्चालन नियमावलीमा छ ।

बैठकले निर्णय गर्नुअघि सुनुवाइमा बोलाइएका न्यायाधीशको जवाफ चित्त नबुझे सुनुवाई समितिले फेरी बोलाउन सक्छ । यस बिषयमा समितिमा मौखिक सहमति भएको थियो ।

समितिले १३ जेठमा स्वीकृत वा अस्वीकृत गरेका न्यायाधीशको निर्णयबारे न्यायपरिषदमा पठाइनेछ र परिषदले राष्ट्रपतिकोमा पठाएर नियुक्ति गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>