समाचारसोमबार, जेठ १२, २०७१
राप्रपा नेपालको अध्यक्षमा थापा र लावतीको उम्मेदवारी
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावतीको उम्मेदवारी दर्ता भएको छ ।
केन्द्रीय सदस्यका लागि भने २३९ जनाको मनोनयन दर्ता भएको छ ।
हालको ४५ सदस्यीय कार्यसमितिलाई विधान संशोधन समितिले संशोधन गरी १२७ पु¥याएको छ । त्यसैगरी समितिले एक अध्यक्ष र ५० प्रतिशत सदस्यको निर्वाचनको व्यवस्था गरेको छ भने दलित जनजाति, मधेशी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतलगायतलाई आरक्षणको व्यवस्था गरिएको छ ।
निर्वाचन प्रक्रिया १३ जेठ बिहान ८ बजेदेखि शुरु हुने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष कमल थापाले अघिल्लो दिन प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा सहभागी प्रतिनिधिले समसामयिक राजनीतिक विश्लेषण तथा भावी कार्यदिशाका बारेमा छलफल गरिरहेका छन् ।
१० जेठदेखि शुरु भएको पार्टीको प्रथम महाधिवेशन १३ जेठसम्म चल्नेछ ।
रासस
