समाचारशनिबार, भाद्र २३, २०६९
निजामती सेवा पुरस्कार विजेता ४१ कर्मचारी
सरकारले निजामती सेवा दिवसको अवसर ४१ जनालाई निजामती सेवा पुरस्कार प्रदान गरेको छ । सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त विवरणअनुसार दुई लाख राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एकजनालाई एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार राशिको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिएको छ । रु. एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्नेहरुमा व्यवस्थापिका-संसदका सहसचिव टेकप्रसाद ढुङ्गाना, अर्थ मन्त्रालयका सहसचिव राजन खनाल, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई, क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका कामु निर्देशक निरा शाक्य, महालेखा परीक्षकको कार्यालयका निर्देशक गणेशप्रसाद पौडेल छन् ।
यसैगरी, जिल्ला विकास समितिको कार्यालय रोल्पाका स्थानीय विकास अधिकारी रमेश न्यौपाने, कृषि मन्त्रालय खाद्य प्रविधि गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ध्रुवकुमार श्रेष्ठ, लोकसेवा आयोगका शाखा अधिकृत रेवती केसी श्रेष्ठ, जिल्ला अदालत उदयपुरका तामेलदार डिट्ठा उपेन्द्र मण्डल र हुलाक सेवा विभागका हल्कारा पुरुषोत्तम श्रेष्ठले पनि जनही एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्का प्राप्त गरे ।
रु. ५० हजार राशिको निजामती सेवा पुरस्कार प्राप्त गर्नेहरुमा कारागार शाखा जगन्नाथदेवलका शाखा अधिकृत प्रकाश देवकोटा, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका कार्यालय सहयोगी स्व. ल्हाक्पा छिरिङ शेर्पा (मरणोपरान्त), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नायबसुब्बा कृष्णप्रसाद ज्ञवाली छन् । यसगरी निजामती सेवा पुरस्कार पाउनेहरुमा यातायात कार्यालय मेचीका खरिदार नरवीर लिम्बू, मालपोत कार्यालय जाजरकोटका कार्यालय सहयोगी किशोर केसी, वन अनुसन्धान तथा सर्भेक्षण विभागका अनुसन्धान अधिकृत दीपककुमार खराल, शिक्षा मन्त्रालयका हलुका सवारी चालक हरिहर रेग्मी, सर्वोच्च अदालतका उपसचिव दीपक ढकाल, जिल्ला कृषि कार्यालय कालीकोटका प्रा.स. चन्द्रमान विक र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका टाइपिस्ट नायबसुब्बा उषा पन्थी छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता बलराम त्रिपाठी, याक विकास फार्म स्यांगबोचे सोलुखुम्बुका नायब पशु सेवा प्राविधिक रामललन यादव, उद्योग विभागका मेकानिकल इन्जिनियर गम्भीरश्याम अमात्य, जिल्ला हुलाका कार्यालय बाराका नायबसुब्बा अदालतप्रसाद कुर्मीले पनि रु ५० हजार राशीको पुरस्कार प्राप्त गरे । कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका लेखापाल दीर्घबहादुर कठायत, महिला विकास कार्यालय भोजपुरका सुपरभाइजर गोमा वाग्ले, परराष्ट्र मन्त्रालयका नायबसुब्बा हरिकुमार थापा, सिँचाइ विभागका उपमहानिर्देशक सुधीरमान वैश्यत, जिल्ला निर्वाचन कार्यालय सिराहाका कम्प्युटर अपरेटर दिलीपकुमार यादव, कानुन न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका उपसचिव ध्रुवप्रसाद सापकोटा, शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव मधुविलास पण्डित, राष्ट्रपति कार्यालयका खरिदार नारायण महर्जन र राष्ट्रिय योजना आयोगको सचिवालयका उपसचिव पशुपति भण्डारीले पनि निजामती सेवा पुरस्कार पाएका छन् ।
निजामती सेवा पुरस्कार प्राप्त गर्नेहरुमा स्वयम्भू बारुदखानाका केमिष्ट अधिकृत ध्रुवबहादुर बोगटी, राष्ट्रिय सङ्ग्रहालय छाउनीका ग्यालरी सहायक दुर्गा बास्कोटा, सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विष्णुप्रसाद घिमिरे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत शारदाराज निरौला, विद्युत् विकास विभागका सी.डी.ई. मधुप्रसाद भेटवाल, युवा तथा खेलकुद मन्त्रालयका नायबसुब्बा चुरामणि बस्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव जगदीश रेग्मी छन् । रासस
