समाचारमंगलबार, जेठ १३, २०७१

प्रधानमन्त्री कोइराला दिल्लीमा भेटघाटमा व्यस्त

हिमालखबर

तस्वीर साभार: भारतीय विदेश मन्त्रालयको वेबसाइट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री सुशील कोइराला र समकक्षी मोदीबीच हैदरवाद हाउसको डेक्कन सुइटमा द्विपक्षीय भेटवार्ता भएको छ ।

कोइरालाले आजै अपराह्न भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै शपथग्रहण कार्यक्रममा सहभागी हुन दिल्ली आएका पाकिस्तानका प्रधानमन्त्री नवाजशरिफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापक्ष, अफगानिस्तानका राष्ट्रपति डा हमिद कारजाइसँग पनि प्रधानमन्त्री कोइरालाले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

सञ्चार संयोजक अधिकारीका अनुसार कोइरालाले कांगे्रस आईका अध्यक्ष सोनिया गान्धी र भारतीय जनता पार्टीका अध्यक्ष तथा गृह मन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्ने छन् ।

प्रधानमन्त्री कोइराला आज साँझ नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सरिक हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>