समाचारशनिबार, भाद्र २३, २०६९

गरिबी निवारणका लागि प्रावधिक र व्यावसायिक शिक्षाः राष्ट्रपति

रासस

राष्ट्रपति भवन शीतल निवासमा २३ भदौ बिहान आयोजित समारोहमा विद्यावारिधि प्राप्त गर्ने १२९ जनालाई नेपाल विद्याभूषण क, स्नातकोत्तर तहमा सर्वात्कृष्ट हुने ५४ जनालाई विद्याभूषण ख तथा स्नातक तहको विभिन्न सङ्कायमा सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई विद्याभूषण ग प्रदान गरिएको हो ।  विभिन्न सङ्कायमा स्नातक तहमा सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने २८ तथा प्रमाणपत्र तहका १० छात्रालाई समारोहमा नेपाल छात्रा विद्यापदक प्रदान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले उच्च तथा प्राविधिक र व्यावसायिक शिक्षालाई गरिबी निवारणको आधारका रुपमा सुहाउँदो र सान्दर्भिक बनाई विपन्न जनताका लागि रोजगारीका अवसरमा पहँुच पुर् याउन थप प्रयासको आवश्यकता औँल्याए । शिक्षाको मूलधारबाट पछाडि परेका खासगरी दुर्गम क्षेत्र र सामाजिक तथा आर्थिक रुपलेपछि परेका दलित महिला मधेसी र जनजातिलाई शिक्षाको मूलधारमा समाहित गराउन अझै ठूलो प्रयासको जरुरी रहेको उनले उल्लेख गरे ।

अधिकांश युवाहरु उच्चशिक्षा तथा रोजगारीका लागि अन्य मुलुकमा जानुपरेको विद्यमान अवस्थाबाट पार पाउनका लागि सान्दर्भिक तथा जीवनोपयोगी शिक्षाको पहुँच बढाई शिक्षालयहरुलाई विशुद्ध प्राज्ञिक थलोका रुपमा विकास गर्न आवश्यक रहेको बताउँदै राष्ट्रपति यादवले भने,  ‘यस प्रयासमा सबै सरोकारवालाको सहभागिता सहकार्य र प्रतिबद्धताको आवश्यकता महसुस गरेको छु ।’

कार्यक्रममा शिक्षामन्त्री दीनानाथ शर्माले खुला विश्वविद्यालयको अवधारणा अगाडि बढाउँदै त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार निर्माणका लागि सरकार कि्रयाशील रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>