थप समाचारमंगलबार, जेठ १३, २०७१

सभ्य गाविस बनेको बलेटक्सार

हिमालखबर

तस्वीर: गगनशिला खड्का

सभ्यताका विभिन्न ७ वटा सुचकयुक्त गाविस घोषणा भएपछि गुल्मीको बलेटक्सारमा उत्सव मनाइएको छ । उत्सवमा बलेटक्सार निवासी पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप ज्ञवाली र मुख्यसचिव लिलामणी पौडेल समेत सहभागी भएका छन् ।

नगरपालिकाउन्मुख गाविस बलेटक्सारका १ हजार ५० घर, १६ कार्यालयमा र एउटा सार्वजनिक गरी १ हजार ६७ वटा शौचालय बनेपछि बलेटक्सार खुल्ला दिशामुक्त घोषणा भएको छ ।

गाविसमा १४ वर्षसम्मका १ हजार २८ र १५ वर्षदेखि माथिका ४ हजर ७०७ जना गरी ५ हजार ७३५ व्यक्ति साक्षर रहेको २३ महिना सम्मका ७६ जना बालबालिकाले पूर्ण रुपमा खोप पाएको र ८६५ सुधारीएको चुलो र ६४३ ग्याँस प्रयोगकर्ता रहेको गाविस सचिव टिका बहादुर केसीले जानकारी दिए । बलेटक्सारका सबै घरमा विजुली पुगेको पनि उनले बताए ।

यहाँका किसानहरुले उखु, अदुवा, कफि र अम्रिसो तथा दुग्ध उत्पादनबाट मनग्गे आम्दानी गरिरहेकाले गाविस कृषिमा समेत आत्मनिर्भर भएको गाविस सचिव केसीको भनाई छ ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>