समाचारशनिबार, भाद्र २३, २०६९

एमाओवादीसँग एकता हुँदैनः वैद्य

हिमालखबर

राजधानीमा २३ भदौमा आयोजित प्यूठान-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको कार्यक्रममा पार्टी  एक रहेकै अवस्थामा संस्थापन पक्षका अध्यक्षसहितका पदाधिकारीलाई सुधार्ने धेरै प्रयासको बताए । अध्यक्ष वैद्यले वर्तमान सरकारले नेपाली कांग्रेस र नेकपा एमालेलाई उछिनेर एकपछि अर्को राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउँदै संस्थापन पक्षले क्रान्तिकारी कार्यदिशा छाडेको उल्लेख गरे । उनले केही शक्तिले आफ्नो पार्टीलाई छिट्टै युद्धमा जान्छ भनेर भ्रम र दुस्प्रचार गरिरहेको बताए ।

कार्यक्रममा माओवादी प्यूठान इन्चार्ज नारायण अधिकारी, नेता सालिकराम भण्डारीलगायतले नव संशोधनवादका विरुद्ध आफूहरू दृढतापूर्वक लाग्ने बताए । यसैबीच प्युठान-काठमाडौँ सर्म्पर्क मञ्चको भेलाले खिमानन्द अधिकारीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>