समाचारबुधबार, जेठ १४, २०७१
प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन गएका प्रधानमन्त्री कोइराला १४ जेठ अपराह्न स्वदेश फर्केका छन् ।
त्रिभुवन विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण सहयोग मिलेको बताए ।
भारत भ्रमणमा रहँदा कोइरालाले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, पूर्वप्रधानमन्त्री मोनमोहन सिंह, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहलागयत उच्च नेताहरुसँग भेट गरेका थिए ।
त्यसैगरी प्रधानमन्त्री कोइरालाले भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, काँग्रेस आईका वरिष्ठ नेता करण सिंहलगायत उत्तराखण्डका संसदहरूसँग दुई देशबीचको हितका बारेमा भेटवार्ता गरेका थिए भने त्यसअघि शपथग्रहण कार्यक्रममा सहभागी हुन आएका सार्क देशका सरकार प्रमुखहरुसँग भेटवार्ता गरेका थिए ।
कोइरालाले भारतीय उद्योग वाणिज्यसम्बन्धी सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरी दुई देशबीचको लगानी र व्यापारका सम्बन्धमा समेत छलफल गरेका थिए ।

