थप समाचारबिहीबार, जेठ १५, २०७१
गाँजाका लागि ‘खोज तथा फाँड अभियान’
प्रभास प्रहरी चौकी, पाल्पाले तानसेन नगरपालिका–११ प्रभास क्षेत्रमा रहेको गाँजा फडानी अभियान थालेको हो । गस्तीमा हिडेको प्रहरी टोलीले प्रभास शिव मन्दिर नजिक रहेको गाँजा फडानी गरेको छ ।
प्रहरी नायव निरीक्षक राजकुमार चापागाईको टोलीले १४ जेठमा गाँजाको बोट नष्ट गरेको जानकारी दिए । उनले गाँजा खेती नगर्न र बढ्दो दुव्र्यसनीलाई रोक्न ‘खोज तथा फाँड’ अभियान चलाइएको बताए ।
पाल्पा जिल्लामा लागू औषधको दुव्र्यसनी बढ्दै गएको भन्दै प्रहरीले विद्यालय तथा गाउँगाउँमा सचेतना कक्षा समेत चलाउँदै आएको छ ।
देब पचभैया, पाल्पा
