समाचारआइतबार, भाद्र २४, २०६९

गुल्मीमा बस दुर्घटना १० को मृत्यु २५ घाईते

हिमालखबर

तम्घासबाट काठमाण्डौ जाँदै गरेको लु१ख ५५८३ नम्बरको बस २४ भदौ बिहान करिब साढे ६ बजे तिर दुर्घटना भएको हो । घटनास्थल वरीपरि भिरबाट उछिट्टिएको अबस्थामा लासहरु भेटिएको घटनास्थलबाट प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले हिमालखबरलाई जानकारी दिए ।

दुर्घटनामा २५ भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको श्रृंगाको प्राथमिक उपस्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि पाल्पा ल्याईदै छ । बिपरीत दिशाबाट आउदै गरेको मोटरकाईकललाई साईड दिने क्रममा बस सडकबाट झण्डै २ सय मिटर मुधुरे खोलामा खसेको प्रत्यक्षदर्शी लक्ष्मण भण्डारीले बताए ।

मृतकहरुको संख्या अझ बढ्न सक्ने भन्दै दुर्घटनास्थलको वरीपरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>