समाचारबिहीबार, जेठ १५, २०७१
नेपाली धावकले जिते एभरेष्ट म्याराथन
१३६ धावकलाई पछि पार्दै नेपाली धावक सुदीप कुलुङले तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधी जितेका हुन् । उनले ३ घण्टा ५२ मिनेट ९ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गरे ।
नेपाल आर्मीका भीमबहादुर गुरुङ ३ घण्टा ५८ मिनेटमा म्याराथन पूरा गर्दै दोस्रो भए भने ४ घण्टा ८ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पूरा गरेका सुमन कुलुङ तेस्रो बने ।
म्याराथनमा प्रथमले रु.१ लाख, दोस्रोले रु.७० हजार र तेस्रोले रु.५० हजार पुरस्कार पाएका छन् ।
हाफ म्याराथनमा भने अष्ट्रेलियाली धावक डेभिड ३ घण्टा १९ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम भए । ३ घण्टा ४२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै वेल्जियमका जेरेमी प्रिस्टन दोस्रो बने ।
हाफ म्याराथनतर्फ प्रथम हुनेले रु.५० हजार र दोस्रोले रु.३० हजार पाए ।
खुम्बु क्षेत्रमा अत्यधिक हिमपात भएका कारण यसवर्षको म्याराथन सगरमाथा आधारशिविरभन्दा ५ किलोमिटर तल गोरक्सेपबाट शुरु भएको थियो । यसपटक ४० नेपाली सहित १३६ जना सहभागी थिए ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
