थप समाचारबिहीबार, जेठ १५, २०७१

स्कुले छात्रालाई सामूहिक बलात्कार गर्नेमध्येका दुई पक्राउ

हिमालखबर

झापाको तोपगाछी–७ स्थित विद्यालयमा पढ्ने छात्रालाई सामूहिक बलात्कार गर्नेमध्येका तोपगाछी– ७ का सुरज ढकाल र बिशाल गिरीलाई प्रहरीले १५ जेठमा पक्राउ गरेको छ ।

४ जेठ राति तोपगाछी स्कुल नजिकबाट बेहोस अवस्थामा उनको उद्धार गरिएको थियो । बलात्कृत किशोरी सिकिस्त विरामी भएपछि घटना बाहिर आएको हो । अपराधीहरुले घटना सार्वजनिक गरे हत्या गर्ने धम्की दिएकाले किशोरीले घटनाबारे कसैलाई भनेकी थिइनन् ।

पीडित किशोरी राति निद्रामा कराउन थालेपछि घटनाको बारेमा परिवार र छिमेकीले समेत थाहा पाएका थिए । त्यसपछि अभियुक्तहरुविरुद्ध १४ जेठमा ईलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी परेको थियो ।

इलाका प्रहरी कार्यालय दमकले घटनाको बिषयमा अनुसन्धान भईरहेको बताएको छ । घटनाबारे ढिलो जानकारीमा भएकाले अभियुक्तहरुलाई पक्राउ गर्न समस्या भएको प्रहरीको भनाई छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>