थप समाचारशुक्रबार, जेठ १६, २०७१
पूर्वका मनमोहक पोखरी (१० तस्वीर)
यात्रा थुलुङ
इलाम र संखुवासभामा १० वटा साना–ठूला पोखरी र ताल छन्। संखुवासभाका गुफापोखरी, भूतेपोखरी, सभापोखरी र कान्छीपोखरी समुन्द्र सतहबाट २८०० देखि ४१०० मीटरसम्मको उँचाइमा छन्।
गुफापोखरीको पानीमा कुम्भकर्णदेखि, कञ्चनजङ्गा हिमशृङ्खला देखिन्छ भने कान्छीपोखरी जलजला हिमालको काखमा छ। लालीगुराँसको राजधानी मानिने मिल्के जलजले क्षेत्रमा रहेका यी पोखरीको छेउछाउ हिउँदमा पर्यटक लोभ्याउने गरी हिउँले ढाकिएको हुन्छ। इलामका अन्तुपोखरी, माइपोखरी, तालपोखरी, कालपोखरी समुन्द्र सतहबाट १६०० देखि ३१०० मीटरसम्मको उँचाइमा छन्।
मोरङ बेलबारीको वेतनापोखरी र धनकुटाको राजारानीमा रहेको राजारानी पोखरीले पनि आन्तरिक पर्यटक आकर्षित गरिरहेका छन्। स्थानीयका लागि यी पोखरी खानेपानीको स्रोत पनि हुन्।
