थप समाचारशुक्रबार, जेठ १६, २०७१

‘पाल्पा संग्रहालय’ स्थापना

हिमालखबर

पाल्पाको सम्पदा प्रतिष्ठानले तानसेन लहरेपिपलमा ‘पाल्पा स्रग्रहालय’ स्थापना गरेको हो । लहरेपिपलमा स्थापित संग्रहालयमा सर्वसाधारणले एक महीनापछि देखि अवलोकन गर्न सक्नेछन् ।

तस्वीरः देब पचभैया

संग्रहालयनमा ऐतिहासिक सामग्री, स्थानीय कला–संस्कृति झल्काउने सामग्री लगायत राखिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्रगोपाल सिंहले जानकारी दिए । उनले संग्रहालयमार्फत् स्थानीय कला र संस्कृतिलाइ बचाउन र समग्र जिल्लाको पहिचानका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संग्रहालयमा २०१८ सालमा पाल्पाबाट प्रकाशित पाल्पा पत्रिका देखि बर्षौ पहिले प्रयोग हुने काठको चप्पल, ठेकी, क्यामेरा, भाडाकुँडाहरु, जातीय पहिचानका प्रतिक लगायतका सामग्रीहरु राखिएका छन् । रु.७ लाखको खर्चमा संग्राहलय तयार हुन लागेको सम्पदा प्रतिस्थानले जानकारी दिएको छ ।

पाल्पा दरबारलाई संग्रालय बनाउने तयारी भैरहेको भन्दै प्रतिस्थानका अध्यक्ष सिहले आफुहरुले तयार पारेका सामग्री पनि त्यही संग्राहलयमा राख्न तयार रहेको बताए ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>