समाचारआइतबार, भाद्र २४, २०६९
राणालाई प्रधानसेनापतिको दर्ज्यानी
राष्ट्रपति भवन शीतल निवासमा २४ भदौमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति राणालाई पद तथा गोपनीयताको शपथसमेत गराए । राष्ट्रपति यादव नेपाली सेनाका परमाधिपति हुन ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री तथा रक्षामन्त्री बाबुराम भट्टराई, मन्त्रिहरु, सरकारका उच्चपदस्थ अधिकारी तथा सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । रासस

