थप समाचारशुक्रबार, जेठ १६, २०७१
क्याडबरीमा सुंगुरको डिएनए
मलेशियाका मुस्लिम संगठनहरुले चक्लेट निर्माता कम्पनी क्याडबरीका उत्पादन बहिस्कारको माग गर्दै क्याडबरी नष्ट गरेका छन् ।
मलेशीयाली अधिकारीले गरेको जाँचमा क्याडबरीका दुई उत्पादनमा सुंगुरको मासुको अवशेष पाइएपछि क्याडबरी मलेशियाले गत सोमबार बजारबाट सबै डेयरी मिल्क चक्लेट फिर्ता लिएको रोयटर्सले जनाएको छ ।
मलेशियाको एक खुद्रा विक्रेता समूहले आफ्ना सबै ८०० आउटलेटबाट क्याडबरी र क्राफ्टका उत्पादनको बिक्री बन्द गरिने जनाएको छ ।
क्याडबरी मलेशियाले आफ्ना उत्पादन हलाल– निर्देश अनुसार भए नभएको सुनिश्चित गर्नका लागि इस्लामी मामिला विभागसँग मिलेर काम गरिरहेको बताएको छ । कम्पनीका अनुसार यस सम्बन्धमा थप परीक्षण भइरहेकाले रिपोर्ट आउने एक हप्ता लाग्ने छ ।
मुस्लिम बहुल जनसंख्या भएको मलेशियामा करिब सबै उत्पादन मुस्लिम कानून अनुसार भए–नभएको नियमित परीक्षण हुने गर्छ ।
अमेरिकी खाद्द कम्पनी क्राफ्टका उत्पादनलाई पनि मलेशियामा बहिस्कारको माग उठिरहेको छ । बेलायतमा आधारित कम्पनी क्याडबरीलाई क्राफ्टले सन् २०११ मा १९ अर्ब डलरमा किनेको थियो ।
मुस्लिम उपभोक्ता संगठनका अनुसन्धान प्रमुख शेख अब्दुल करीमले पत्रकार सम्मेलनमा कम्पनीले माफी माग्नु पर्ने र बजारबाट आफ्ना सबै उत्पादन फिर्ता लिनु पर्ने बताए ।
“यो धर्मप्रति संवेदनशिल मुद्दा हो,” करीमले भने, “यसले साकाहारी र मुसलमानलाई प्रभाव पारेको छ ।”
उनले अन्य कम्पनीहरुलाई पनि मलेशियाली जनताको संवेदनामा ध्यान पु¥याउन आग्रह गरेका थिए ।
रोयटर्स

