समाचारशनिबार, जेठ १७, २०७१

चुरोटका अम्मलीले खिल्लीमात्रै किन्न थाले

हिमालखबर

सूर्तिजन्य पदार्थका खोलहरुमा शरीरका बिभिन्न अंगहरुमा क्यान्सर लगायतका रोग लागेका ‘डरलाग्दा’ तस्वीर छापिन थालेपछि त्यस्तो तस्वीर देखेर परिवारका सदस्यले त्यस्ता पदार्थ प्रयोग गर्न नदिने डरले उपभोकेताले खोल बिनाका चुरोट लगायतका सामाग्री लैजाने प्रवृत्ति बढेको छ ।

त्यस्तो प्रवृत्ति विरुद्ध जिल्ला प्रशासन कार्यालय पाल्पाले सूर्तिजन्य पदार्थ बट्टा सहित मात्रै बेच्न बिक्रेतालाई आग्रह गरेको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले बताए ।

सूर्तिजन्य पदार्थको खोलमा ७५ प्रतिशत चेतना मूलक रंगिन तस्वीर छापिएको चित्र राखेर मात्रै उत्पादन र बिक्री बितरण गर्नुपर्ने अनिवार्य ब्यवस्था भएकाले बिना खोल चुरोट लगायतका सामान बेच्नेलाई रु ५ हजार जरिवाना र अन्य कारबाही गरिने ब्यवस्था भएको पनि ज्ञवालीले जानकारी दिए ।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ जारी भएपछि सार्बजनिक स्थलहरुमा सूर्तिजन्य पदार्थको उपभोग , बिक्री वितरण गर्न नपाईने, १८ बर्ष नपुगेका र गर्भवती महिलाहरुलाई बिक्री बितरण गर्न नपाईने ब्यवस्था गरिएको छ ।

नियमावलीमा उल्लेख गरिएको ‘सार्वजनिक स्थल’मा सडक नपरेको र सरकारले नियमावली ल्याए पनि यस सम्बन्धि निर्देशिका नआएकाले यसको ब्यवहारिक कार्यान्वायनमा समस्या भएको ज्ञवालीले जानकारी दिए ।
देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>