समाचारशनिबार, जेठ १७, २०७१

माधव नेपालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

हिमालखबर

१७ जेठमा काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी एमाले वरिष्ठ नेताको माधवकुमार नेपालले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले सचिव युवराज ज्ञवालीले नेपाललाई अध्यक्ष उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

उम्मेदवारी घोषणा गर्दै नेता नेपालले पार्टीलाई गतिशिल बनाउन, गुट–उपगुट संस्कृतिको अन्त्य गर्न आफूले उम्मेदवारी दिन लागेको बताए ।

यसअघि नेपालको नेतृत्वमा महासचिव र सचिवका उम्मेद्वार घोषणा गर्ने भनिएपनि नेपाल पक्षले शनिबार अध्यक्षको मात्र घोषणा गरेको हो ।

कार्यक्रममा एमाले नेता भीम रावल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, अष्टलक्ष्मी शाक्यलगायतको सहभागिता थियो ।

एमालेकै केपी ओली समूहले यसअघि नै अध्यक्षमा ओली, बरिष्ठ उपाध्यक्षमा बामदेव गौतम र महासचिवमा इश्वर पोखरेलको नाम घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>