समाचारशनिबार, जेठ १७, २०७१

भाजपा उपाध्यक्षले भने, ‘नेपालमा धर्म परिवर्तन रोक’

हिमालखबर

नेपाल भ्रमणमा रहेका भाजपाका उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा हिन्दु धर्मावलम्बीलाई विभिन्न प्रलोभन देखाई धर्मपरिवर्तन गराउने काम भइरहेको भन्दै त्यस्तो कार्यविरुद्ध उचित कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन ।

१७ जेठमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कोशियारीले भने, “यहाँ जवरजस्ती धर्म परिवर्तन गराइँदैछ, यो अपराधिक कार्य तत्काल रोक्नु पर्छ ।”

उनले नेपालका विभिन्न दलका शिर्ष नेताहरुसँगको भेटवार्तामा पनि यो विषयमा गम्भीर ध्यान आकर्षण गराएको भन्दै नेताहरुले समेत यो तथ्यलाई स्वीकार गरेको बताए ।

उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने वा नबनाउने भन्ने विषयमा भारतको कुनै हस्तक्षेप नहुने र त्यसबारेमा नेपाली जनताले नै निर्णय गर्नु पर्ने धारणा व्यक्त गरे ।

कोसियारीले नेपालमा संविधान निर्माण, राजनीतिक स्थायीत्व र आर्थिक समृद्धिका लागि भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>