समाचारआइतबार, जेठ १८, २०७१

अख्तियारद्वारा पूर्वाञ्चलका उपकुलपतिसहित ७ विरुद्ध मुद्दा

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार डा. निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, कला, शिक्षा र कानून संकायका डिन शम्भु प्रसाद कोइराला, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि संकायका सह(डिन राजेश कुमार झाविरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

विश्वविद्यालयका पदाधिकारीहरुले शैक्षिक सत्र २०७०र०७१ मा आवेदन शुल्क, सम्बन्धन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने रकम नलिई नोक्सानी पुर्यायएको देखिएको अख्तियारले जनाएको छ । त्यसै गरी नयाँ कलेजहरुलाई सम्बन्धन दिंदा पनि पदाधिकारीहरुले अनियमितता गरेको अख्तियारले दावी गरेको छ ।

अख्तियारले अभियोग पत्रमा ४ करोड २८ लाख बिगो कायम गरी हदै सम्मको सजाय माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>