थप समाचारआइतबार, जेठ १८, २०७१

विद्युत वितरण केन्द्र वीरगञ्जमा तोडफोड

हिमालखबर

वीरगञ्जमा छिनछिनमै वत्ती जाने, बत्ति आए पनि भोल्टेज नपुग्ने गरेपछि विरोधमा ओर्लिएका विद्युत उपभोक्तले विद्युत वितरण केन्द्र वीरगञ्जमा तोडफोड गरेका छन् । विरोधमा उत्रिएका उपभोक्ता र केन्द्रका कर्मचारीबीच भएको विवाद बढदै जाँदा तोडफोड भएको हो । उपभोक्ता र कर्मचारीबीच हात हालाहाल समेत भएको छ ।

उपभोक्ताहरुले कार्यालयको झ्याल र फर्निचर तोडफोड गरेका छन् । त्यसक्रममा प्रहरीले चारजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले इस्माइल मीयाँ, गजेन्द्र देवठकु, लालबाबु ठकुराई र इसराइल समानीलाई नियंन्त्रणमा लिएको हो ।

वीरगञ्जको आदर्शनगर र पानीटयांकीमा विद्युत ट्रान्सफर्मरममा भएको गडबडीका कारण भोल्टेज कम हुने र घण्टौसम्म विद्युत आपूर्ती समेत ठप्प हुने समस्या समाधानका लागि बारम्बार आग्रह गर्दा पनि प्राधिकरणका कर्मचारीले चासो नदेखाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>