थप समाचारमंगलबार, जेठ २०, २०७१

प्यूठान बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो

हिमालखबर

स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका भारतीय तिर्थ यात्री चढेको बस प्यूठानको गोठिबाङ लामाचौरमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

मृतकहरुमध्ये चार जनाको मात्रै सनाखत भएको छ । सनाखत भएकाहरुमा भारत बलरामपुरका सनई हर्जन, सदगुरु हर्जन, फुरला हर्जन र दिलु हर्जन रहेका छन् । बाँकीको सनाखत र शव पोष्टमार्टमको तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

घाइते सबैलाई प्यूठान अस्पताल सुविधासम्पन्न अस्प्तालमा रिफर गरेको छ । घाइतेमध्ये ५५ जनाको बुटवल र भैरहवाका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ४१ जनाको अवस्था गम्भीर छ ।

प्यूठानको स्वर्गद्वारी धाम दर्शन गरेर कृष्णनगर हुँदै भारत फर्कन लागेका तिर्थ यात्रु बोकेको बस १९ जेठ साँझ प्यूठानको गोठिवाङ–१ लामाचौरमा दुर्घटनामा परेको थियो

बस दुर्घटना भएपछि ९ जनाको घटना स्थलमा मृत्यु भएको हो भने २ जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । त्यसैगरी ५ जनाको जिल्ला अस्पताल विजुवार र २ जनाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

१५ वटा शवहरुलाई जिल्ला अस्पताल प्यूठानमा राखिएको छ ।

पश्चिम नेपाल यातायात व्यवसायी समितिको लु १ ख ३८०३ नम्वरको बस सडकबाट करिव सय मिटल तल माडी खोला किनारमा खसेको हो ।

विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>