समाचारमंगलबार, जेठ २०, २०७१

संसद सुचारु गर्न दाहाल र कोइरालाबीच छलफल

हिमालखबर

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले आगामी बजेटका सम्बन्धमा संसद्मा महत्वपूर्ण छलफल हुने भएकाले संसद् अवरुद्ध नगरी वार्ताका माध्यमबाट समस्याको समाधानमा लाग्न एमाओवादी अध्यक्ष दाहाललाइ आग्रह गरेका छन् ।

२० जेठमा प्रधानमन्त्रीको निवास बालुवाटार भएको छलफल सकारात्मक भएको जानकारी गराउँदै अध्यक्ष दाहालले भने, “ विगतको चारबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा समझदारी हुनाका साथै हाल समस्याका रुपमा देखिएको रकमान्तरका विषयलाई पनि प्रमुख दलको सहमतिमा समाधान गर्नेछौँ ।”

संसद सुचारु गर्नका लागि आजै तीन दलका नेताहरुबीच छलफल गरी सकभर आज ३ बजे वस्ने व्यवस्थापिका–संसद्को बैठक सुचारु गर्ने विषयमा छलफल भएको दाहालले बताए ।

त्यसैगरी २६ सभासद्को मनोनयन गर्ने विषयमा समेत छलफल भएको दाहालले प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>