थप समाचारमंगलबार, जेठ २०, २०७१

पुरातत्व विभाग र अभिलेखालय नारायणहिटी सारिने

हिमालखबर

सर्वोच्च अदालतको नियमित कामकारबाहीका लागि विद्यमान क्षेत्रले नपुग्ने भएको भन्दै थप क्षेत्र माग भएपछि नारायणहिटी दरबारको २६ रोपनी क्षेत्रफलमा पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयका लागि भवन निर्माण हुने भएको छ ।

गत २५ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यी दुई कार्यालयलाई नारायणहिटी दरबार क्षेत्रमा सार्ने गरी तयारी भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

१७ रोपनी क्षेत्रफलमा पुरातत्व विभागको र नौ रोपनी क्षेत्रफलमा राष्ट्रिय अभिलेखालयको भौतिक संरचना निर्माण गर्ने गरी लागत अनुमान तयारी भइरहेको छ ।

एक हजार वर्षभन्दा पुराना अभिलेखका साथै ३० हजारभन्दा बढीको सङ्ख्यामा रहेका हस्तलिखित ग्रन्थ, अति प्राचीन ग्रन्थ एवम् अभिलेखको माइक्रोफिल्मिङ गरिएका सिडीलगायतलाई संरक्षण गर्दै आएको अभिलेखालयका लागि उपयुक्त किसिमको भौतिक संरचना आवश्यक हुने राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>