थप समाचारमंगलबार, जेठ २०, २०७१
घूस लिँदै गर्दा पक्राउ इन्जिनियरविरुद्ध मुद्दा
ब्रदर्स निर्माण सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने सिलसिलामा छिटोछरितो इजाजतपत्र बनाइदिने भनी उक्त निर्माण कम्पनीसँग रु एक लाख घूस लिँदै गरेको अवस्थामा १ जेठमा कार्यालयबाटै अख्तियारको टोलीद्वारा उनी रङ्गेहात पक्राउ परेका थिए ।
इन्जिनियर देवकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेकाले सोही ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम हदैसम्मको सजाय माग गर्दै आरोपपत्र दायर गरिएको हो ।
सोही कार्यमा संलग्न जिल्ला विकास समितिको कार्यालय काठमाडौँका नायब सुब्बा रुकु खत्रीलाई सोही ऐनको दफा ३ को उपदफा १ तथा दफा ३(१) को खण्ड (क) बमोजिम सजाय हुन एवम् उक्त कार्यका लागि मतियार जिल्ला काभ्रे, भुम्लुटार–७ बस्ने रेशमबहादुर तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम हदैसम्मको सजायको माग दाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

