समाचारमंगलबार, जेठ २०, २०७१
सत्यनिरुपण आयोगसम्बन्धी ऐनविरुद्ध २३४ जनाको रिट
सशस्त्र हिंसाका घटनामा पीडितको सहमति विना क्षमादान दिने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धी ऐन बनेको भन्दै पीडितहरुले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
आयोगको केही दफा कार्यान्वयन नगर्न र केही दफामा संशोधनको माग गर्दे हिंसा पीडित २३४ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
सृजना श्रेष्ठ, बद्रिबहादुर केसी, भागीराम चौधरी र रुपेश शाहले आयोगको छानबिनबाट क्षमादान दिन पर्याप्त आधार नदेखाएका मुद्दा फिर्ता हुन सक्ने व्यवस्था अमान्य र बदर गर्न माग गरेका छन्।
मानवताविरुद्ध अपराध, बेपत्ता पार्ने काम, गैरन्यायिक जस्ता अक्षम्य अपराधहरुमा क्षमादानको सिफारिस हुन नसक्ने सुनिश्चित गर्न रिटमा माग गरिएको छ ।
उक्त ऐन सर्वोच्च अदालतले गत १८ पुसमा गरेको फैसला विपरित भएको पनि निवेदकहरुको जिकिर छ ।
रीटमा ऐनको दफा २२ को उपदफा १, दफा २५ का उपदफा ३ र ४, दफा २६ को उपदफा २ र ५ र २९ को उपदफा १ लाई अमान्य घोषित गरी संशोधनका लागि परमादेशको माग गरिएको छ ।



