थप समाचारमंगलबार, जेठ २०, २०७१

नेपाली टाइम्स इको–फेयर २२ जेठदेखि

हिमालखबर

तस्वीरः बिक्रम राई

‘वातावरणमैत्री घरवार, सुखी परिवार’ भन्ने नाराका साथ शुरु हुने नेपाली टाइम्स इको–फेयर  २४ जेठसम्म चल्नेछ ।   हिमालमिडिया र वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय  आयोजक रहेको फेयरमा ७० वटा स्टल रहने  छन् ।

वतावरण सुहाउँदो उत्पादन तथा जीवनयापनमा जोड दिँदै जैवीक विधिको महत्वबारे जानकारी गराउन इको फेयर गर्न लागिएको आयोजक नेपाली टाइम्सका प्रधान सम्पादक कुन्द दीक्षितले जानकारी दिए ।

प्रदर्शनीमा वातावरणमैत्री सौर्य तथा बायो उर्जा, जलविद्युत्/साना जलविद्युत्, वातावरण अनुकूलका विविध प्रविधि तथा सेवा, लोक्ता कागज प्रशोधन, माटाका भाँडा मुख्य आकर्षण रहने छ ।

यस्तै, बायो ब्रिकेट, आयुर्वेदिक जडिबुटी, जैवीक खाद्य तथा पेय पदार्थ बनाउने प्रविधि, उर्जा बचत प्रविधि, वातावरणमैत्री पर्यटन, बर्खे पानी संकलन (रेन वाटर हार्भेस्टिङ), विद्युतीय सवारी साधन लगायतको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीमा झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>