थप समाचारबुधबार, जेठ २१, २०७१

एक वर्षमा गोरखाका एघार हजार युवा विदेसिए

हिमालखबर

जिल्ला प्रशासन कार्यालय गोरखाबाट राहदानी लिएर विदेश जानेको सङ्ख्या बर्सेनि बढेकोे जिप्रका गोरखाले जनाएको छ । जिल्लाबाट राहदानी लिनेको सङ्ख्या ४ हजार ७२३ र परराष्ट्र मन्त्रालयबाट राहदानी लिनेको सङ्ख्या ६ हजार ४३० छ ।

यो वर्षको शुरुको महिना वैशाखमा मात्रै जिल्लाबाट ९४७ जना युवा विदेसिएका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय गोरखाले राहदानी वितरणबाट जिल्लामा दुई करोड २९ लाख ३० हजार राजस्व सङ्कलन गरेको थियो ।

यो आर्थिक वर्ष वैशाख मसान्तसम्म राहदानी वितरणबाट रु दुई करोड २५ लाख ५५ हजार सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयका लेखापाल कालिदास पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>