थप समाचारबुधबार, जेठ २१, २०७१
हत्याका फरार अभियुक्त पक्राउ
गत २७ फागुनमा पर्साको अमरपट्टी–६ का नवल सहनीको हत्या गरी फरार रहेका दिपक सहनीलाई प्रहरीले पर्साको भिष्वा– ९ बाट पक्राउ गरी २१ जेठमा सार्वजनिक गरेको छ ।
अमरपट्टी– ६ की ३० वर्षीया प्रमिला सहनी र ३५ वर्षीय दीपक सहनी मलाह बीच प्रेम सम्बन्ध भएपछि प्रमिलाका श्रीमान ३० वर्षीय नवल सहनीको दुबै मिलेर २७ फागुन २०७० मा हत्या गरेका थिए ।
हत्यामा संलग्न प्रमिला सहनीलाई प्रहरीले गत २३ चैतमै पक्राउ गरिसकेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
