थप समाचारबिहीबार, जेठ २२, २०७१

रोवियस विल्डर्सका प्रवन्ध निर्देशक श्रेष्ठ पक्राउ

हिमालखबर

हाउजिङको नामबाट रकम सङ्कलन गरी ठगी गर्ने गिरोहका मुख्य नाइके भएको आरोपमा सिआइबीले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने रोवियस जी स्टार विल्डर्स एन्ड डेभलप्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सुमन श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई ब्युरोको टोलीले २१ जेठ साँझ मध्यपुर थिमिबाट पक्राउ गरेको र आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको सिआइबीले जनाएको छ ।

श्रेष्ठमाथि विसं २०६५ मा ललितपुर जिल्ला छम्पी गाविस–¬५ स्थित रोवियस जी स्टार विल्डर्स एन्ड डेभलप्मेन्ट प्रालिको नाममा १४ तलाको दुई वटा भवन निर्माण गरी ३२४ वटा फ्ल्याट बनाउने र उक्त फ्ल्याटहरु बुकिङका लागि विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकालगायत अन्य सार्वजनिक सञ्चारमाध्यममार्फत प्रचारप्रसारसमेत गरी ७६ जना पीडितबाट रु आठ करोड २१ लाख ४३ हजार २७९ रकम उठाएको तर, भवन तयार नगरेरै ठगी गरेको अभियोग लगाइएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>