थप समाचारशुक्रबार, जेठ २३, २०७१

माडी नरसंहारको नौ वर्ष, पीडितको पीडा उस्तै

हिमालखबर

सशस्त्र हिंसाका बेला माओवादीले थापेको विद्युतीय धरापमा परी २३ जेठ २०६२ मा ३८ सर्वसाधारणले ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए । उक्त दिनलाई कालो दिनका रुप सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

करिब १५० यात्रु बोकेर माडीको बगईबाट नारायणगढ आउँदै गरेको ना१ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो ।

घटना भएको दशक पुग्न लाग्दा पनि घटनाका पीडितहरुले भने उचित राहत पाउन सकेका छैन । घटना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारीले अझै पनि घाइतेहरुको नियमित उपचार गर्नुपर्ने अवस्था रहेको र धेरैले उचित राहत पाउन नसकेको बताए ।

घटनामा घाईते भएका मध्ये पनि चार जनाको मृत्यु भएको छ । एक जनाले हात्महत्या गरे भने तीन जनाको उपचार नपाएर मृत्यु भएको हो ।

दुर्घटनामा टाउकोमा चोट लागेर मानसिक सन्तुलन गुमाएका गंगाबहादुर गुरुङले घटना भएको दुई वर्ष पछि नदिमा हाम फालेर आत्महत्या गरेका थिए । अर्का घाईते नारायण दत्त पौडेलको उपचार अभावमा तीन वर्ष पछि मृत्यु भएको हो । अर्का घाईते चुनु केसीको चार वर्षमा र नरहरि सापकोटाको डेढ वर्षमा मृत्यु भएको थियो ।

पीडितहरु झन् पीडित बन्दै गएको भन्दै उनले सहयोगका लागि सरकारसँग आग्रह गरेका छन् ।

माओवादीले घटनामा गल्ती भएको स्वीकार गरेको भए पनि राहतका कुनै कार्यक्रम नल्याएको उनले बताए ।

समितिका अध्यक्ष मुक्ति न्यौपाने न्याय त परै जाओस् पीडितले राहतसमेत पाउन नसकेको बताउँछन् ।

आफ्ना अभिभावक गुमाएका बालबालिकाको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको र घाइतेहरुको पीडासमेत बल्झिँदै गएको अध्यक्ष न्यौपानेको भनाइ छ । आजको दिनलाई कालो दिनका रुपमा सम्झिइने पीडितहरुले बताएका छन् ।

पीडित र नेपाली सेनाको सहयोगमा मृत्यु भएकाहरुको सम्झनामा यहाँ स्मारक बनाइएको छ ।
सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>