थप समाचारशुक्रबार, जेठ २३, २०७१
ओभरटेक गर्न खोज्दा बस दुर्घटना
नवलपरासीको दलदलेमा २३ जेठ विहान बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । नारायणघाटबाट कावासोती आउँदै गरेको ना २ ख ८५९७ नं. को बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । दुर्घटना परी गम्भीर घाईते भएकी कावासोती–१३ की ६८ बर्षीय सन्तकुमारी गुरुङ्गको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका अन्य घाईतेहरु भने समान्य उपचार पछि घर फर्केका छन् ।
ट्रकमा आगलागी
२२ जेठ राति दुई बज नवलपरासीको डण्डा र चोरमाराको बीच जंगलमा ट्रकमा आगलागी भएको छ ।
खाली बोत्तल लिएर नारायणघाट जाँदै गरेको ना २ख ८२९७ नम्बरको ट्रकको विद्युतीय सर्ट हँुदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने भएन ।
विद्रोही गिरी, नवलपरासी

