समाचारशुक्रबार, जेठ २३, २०७१
संविधानमै निर्वाचनको व्यवस्था हुनुपर्छः प्रमुख आयुक्त उप्रेती
निर्वाचन आयोगद्वारा २३ जेठमा महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले लोकतन्त्र संस्थागत गर्न र जनतालाई लोकतन्त्रको अनुभूति दिन स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।
संविधानसभाको निर्वाचन भए पनि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायको कामसमेत प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताए ।
उनले निर्वाचनमा आएका विवादलाई सहज ढङ्गबाट समाधान गर्नुपर्ने र अब बन्ने संविधानमा पाँचपाँच वर्षमा निर्वाचनको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
उप्रेतीले उपनिर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिएका थिए ।
