थप समाचारशुक्रबार, जेठ २३, २०७१
विशालबजारका संचालकविरुद्ध १० करोडको भ्रष्टाचार मुद्दा
अख्तियारले रु.९ करोड ७४ लाख ८० हजार ३६६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशालबजारका ८ जना संचालकविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध २३ जेठमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले विशालबजार कम्पनी लिमिटेडका संचालकहरु रविन्द्रलाल श्रेष्ठ, अशोकजीव तुलाधर, निर्मलकुमार धानुका, गौतमलाल श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, भवानीराज पाण्डे, विजयकुमार वानिया र वासुदेव विष्टविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले व्यवसाय संचालनका लागि कोठा वहालमा लगाउँदा अनियमितता गरेको अख्तियारको ठहर छ ।
