थप समाचारशनिबार, जेठ २४, २०७१
नक्कली प्रहरी बनेर रकम असुल्ने दुई पक्राउ
नक्कली प्रहरी बनेर सर्वसाधारणसँग रकम उठाइरहेका धनुषाको जनकपुर– ९ बस्ने चन्दनकुमार झा र वडा नं १३ बस्ने सुमितकुमार झालाई २४ जेठमा प्रहरीले पक्राउ गरेको छ ।
झाद्वयले आफू प्रहरी भएको भन्दै रामपुर–बहुअर्वा जाने बाटोमा रहेको रामपुर गाछीमा मोटरसाइकल चेकजाँच गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेका थिए ।
सर्वसाधारणकै सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । झाद्वयले सर्वसाधारणसँग करिब रु ३०० उठाएका थिए ।
रासस
