थप समाचारशनिबार, जेठ २४, २०७१

अब कुकुरको वंशावली बनाइने

हिमालखबर

नेपाल केनल क्लबले २४ जेठमा काठमाडौंमा कार्यक्रम गरी उच्च नश्लका कुकुरहरु क्लबमा दर्ता गरी वंशावली राख्न शुरु गरेको छ ।

विश्वमा सबभन्दा पहिले बेलायतमा सन् १८७२ मा त्यहाँको केनल क्लबले कुकुरको वंशावली (pedigree) राख्न शुरु गरेको थियो ।

उच्च नश्लको शुद्ध कुकुरको मात्रै वंशावली राख्ने परम्परा अनुसार कुकुरको जात परीक्षण गर्न वेलायतको केनल क्लबका मान्यताप्राप्त जज जुलियट कनलिफ नेपाल आइपुगेको केनल क्लबले जनाएको छ । कुकुरको वंशावली खास गरी कुकुर उच्च नश्लको र बर्णशंकर नभएको प्रमाणित गर्नका लागि तयार पारिन्छ ।

नेपालमा कुकुर पाल्ने सौखिनहरुको संख्या बढ्दै जाँदा केनल क्लबले वंशावली दर्ताको काम शुरु गरेको हो ।

नेपालमा कुकुर र कुकुरको खाना, उपचारसमेत गरी वार्षिक २४ करोड बराबरको कारोबार हुने क्लबका अध्यक्ष सुरेश शाहल बताए ।
मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>