समाचारसोमबार, भाद्र २५, २०६९
पाँच बुँदेकै जगमा रहेर सहमतिः दाहाल
अखिल नेपाल शिक्षक सङ्गठन चितवनको जिल्ला अधिवेशन उद्घाटन गर्न २५ भदौमा भरतपुर विमानस्थ पुगेका दाहालले पत्रकारसँग कुरा गर्दै पाँचबुँदेको जगमा रहेर सहमति हुने बताए । दलहरुका बीचमा सहमतिको विकल्प नभएको हुँदा भदौसम्म कुनै न कुनै बिन्दुमा पुगेर सहमति हुनु आवश्यक भएको दाहालको भनाई थियो । उनले भने, “सरकार सहमतिको बाधक होइन पहिले संविधानका विवादित विषयमा सहमति हुनुपर्यो त्यसपछि काँग्रेसको नेतृत्वमा सहमतीय सरकार स्वीकार्य हुन्छ ।”
संसद् पुनःर्स्थापनालाई सबै दलहरुको केन्द्र बिन्दु मानेर सहमति हुन सक्ने दाहालको सङ्केत थियो । कांग्रेस सभापति सुशील कोइरालाप्रति इङ्गित गर्दै उनले अरुलाई अविश्वास गर्नेहरुले आफ्नै पार्टीभित्र विश्वास लिन आग्रह गरे ।
सहमतिको बाधक माओवादी नभएको भन्दै सहमतिका लागि सबैले लचकता अपनाउनु पर्नेमा दाहालको जोड थियो । रासस
