समाचारआइतबार, जेठ २५, २०७१

अख्तियारले लडाकुको नाममा भएको भ्रष्टाचारको छानबीन गर्ने

हिमालखबर

माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको भन्दै उजुरी परेको लामो समयपछि अख्तियारले अनुसन्धान गरिरहेको हो ।

“लडाकु शिविरमा भएको भ्रष्टाचार अनुसन्धानका लागि अधिकृत तोकिसकेका छौं,” अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले हिमालखबरसँग भने, “अनुसन्धान अघि बढेको छ, सत्यतथ्य बाहिर आउन केही समय लाग्छ ।”

यसअघि एमाओवादीले नै छानबीन गरिरहेको भन्दै अख्तियारले लडाकु शिविरमा भएको भ्रष्टाचारको अनुसन्धानमा आलटाल गर्दै आएको थियो ।

माओवादी लडाकुको नाममा अर्बौं रुपैंया भ्रष्टाचार भएको अख्तियारमा उजुरी परेको छ । एमालेको भातृ संगठन युवा संघले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>