थप समाचारसोमबार, जेठ २६, २०७१

कराची एयरपोर्टमा आतंकवादी हमला, २३ को मृत्यु

हिमालखबर

पाकिस्तानको कराचीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा १० आतंकवादीसहित २३ व्यक्तिको मृत्यु भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार २५ जेठ राति ११ बजे आतंकवादीहरुले जिन्ना विमानस्थलमा एक्कासी आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाबी कार्वाही गरेका थिए । विमानस्थलमा रहेका यात्रुहरु भने सुरक्षित रहेको सेनाका प्रवक्ताले जनाएका छन् । जिन्ना विमानस्थलमा अवतरण गर्ने सबै विमानहरुलाई अन्यत्रै डाइभर्ट गरिएको छ ।

पाँच घण्टासम्म चलेको भिडन्तपछि सबै आतंकवादी मारिएको पाकिस्तानीले सेनाले जनाएको छ । घटनास्थलबाट २ वटा रकेट लञ्चर, १२ पेट्रोल बम र ठूलो परिमाणमा हाते ग्रिनेड बरमाद गरिएको छ ।

आतंकवादी संगठन ‘तहरीक–ए–तालिबान’ ले आक्रमणको जिम्मा लिएको पाकिस्तानी समाचार पत्र ‘द डन’ ले जनाएको छ ।

पाकिस्तानी मिडियाका अनुसार आतंकवादीहरुले ठूलो मात्रामा हतियार र बन्दोबस्तीका सामान लिएर आएका थिए । उनीहरु लामै समयसम्म आतंक फैलाउने तयारी गरेर आएको मिडियाहरुले उल्लेख गरेका छन् ।

आक्रमणबाट करिब २२ व्यक्ति घाइते भएको समाचार छ । इंटर सर्विसेज पब्लिक रिलेशंस (आईएसपीआर) का प्रवक्ता मेजर जनरल असीम बजवा ले आतंकवादीहरुलाई दुई स्थानमा घेरा हालेर कार्वाही गरिएको बताएका छन् । उनले आतंकवादीहरुबाट अन्य धेरै हतियार र बम बरामद गरिएको पनि दाबी गरेका छन् ।

विमानस्थलमा रहेका भवनमा आगलागी भए पनि त्यहाँ रहेका विमानहरु भने सुरक्षित रहेको बताइएको छ ।

आक्रमणकारीहरु सबै विदेशी भएको र उनीहरुले भिभिआइपी र हज यात्रीलाई निशाना बनाउन खोजेको पाकिस्तानी टेलिभिजनहरुले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएका छन् ।

आतंकवादीको पहिचानका लागि उनीहरुको डिएनए परीक्षण गरिने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>