थप समाचारसोमबार, जेठ २६, २०७१
दुर्घटनामा एकको मृत्यु, १५ घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको लखनपुर–१ पडाजुँगीमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । २६ जेठमा को १ ख ३१८८ नम्बरको बसले मे ५ प ११६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक गौरादह–२ का ३३ वर्षीय लक्ष्मी संग्रौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अनियन्त्रित भई बस पल्टिदाँ १५ यात्रु घाइते भएका छन् । उनीहरुको दमकस्थित आम्दा, लाइफलाइन र दमक हस्पिटलमा उपचार भइरहेको छ ।
गोपाल गडतौला, झापा
