थप समाचारसोमबार, जेठ २६, २०७१

स्वास्थ्यका १३४६ कर्मचारीको करार नियुक्ति बदर

हिमालखबर

सार्वजनिक सूचना र प्रक्रिया नै नपुर्‍याइ स्वास्थ्य मन्त्रालयले कर्मचारी नियुक्ति गरेको भन्दै अख्तियारले निर्णय तत्कालन कार्यान्वयन नगर्न निर्देशन दिएको छ । मन्त्रालयले बिना सूचना र प्रतिस्पर्धा नर्स, अहेव, हेल्थ असिस्टेन्ट र प्रयोगशाला सहायक नियुक्त गरेको उजुरीबारे छानबीन गर्दा गैरकानूनी पाइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

अख्तियारले हचुवाका आधारमा स्वास्थ्य संस्थामा कर्मचारी नियुक्ति गर्ने १८ जेठको मन्त्रालयको निर्णलाई गलत ठहर गरेको छ । रिक्त पदमा करारमा नै नियुक्त गर्नुपर्ने भए पनि योग्य व्यक्तिको बीच प्रतिस्पर्धा गराइ नियुक्त गर्न अख्तियारले निर्देशन दिएको छ ।

नियुक्तिको निर्णय कार्यान्वयन नगरी प्रतिस्पर्धाका आधारमा पारदर्शी तवरले खुल्ला विज्ञापन गरी कानून बमोजिम आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सचेत गराएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>