समाचारसोमबार, जेठ २६, २०७१

विचार र सिद्धान्त बुझ्ने नेतृत्व चयन गरौंः नेता नेपाल

हिमालखबर

एमाले वरिष्ठ नेता नेपालले एमालेमा विचार र सिद्धान्त कमजोर हुँदै गएको टिप्पणी गरेका छन् । मदन भण्डारी अध्ययन केन्द्रले तयार पारेको पुस्तक राजधानीमा २६ जेठमा सार्वजनिक गर्दै उनले विचार र सिद्धान्त कमजोर हुँदै गएकाले त्यसलाई बुझ्ने नेतृत्व चयनमा जोड दिएका हुन् ।

उनले भने, “पार्टीको मार्ग सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) निर्माणमा मेरो पनि भूमिका छ, पछिल्लो समयमा आएर जवजलाई नमान्ने, कम्युनिस्ट विचारको बेवास्ता गर्ने पङ्क्ति पनि देखिएको छ ।”

पार्टीलाई बलियो बनाउनका लागि विचार, सिद्धान्तलाई मार्गदर्शन मानेर जानुपर्नेमा जोड दिँदै उनले आफ्नो सर्मथनमा विचार र सिद्धान्त मान्ने युवापुस्ताको ठूलो जमात भएको दावी गरे । मुलुक र पार्टीेको समृद्धिका लागि आफूलाई पार्टीका युवा जमातले नेतृत्व गर्नका लागि आग्रह गरेको हुनाले आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>