समाचारसोमबार, जेठ २६, २०७१

विपक्षीले संसद चल्न दिएनन्

हिमालखबर

व्यवस्थापिका संसदको २६ जेठमा बसेको बैठक पनि अवरुद्ध भएको छ । संसदको बैठक शुरु हुने बित्तिक्कै सङ्घीय समाजवादी पार्टीका सभासद् अशोक राईले आफूहरुले उठाएको विषय सरकारले ध्यान नदिएकाले सदन अवरोध गर्नुपरेको बताए ।

उनले भने, “विपक्षी दलहरूले १६ जेठदेखि उठाएको विषयमा सरकार र सत्ता पक्षले कुनै पनि ध्यान नदिएका कारण हामी बाध्य भएर सदन अवरोध गर्नु परिरहेको छ ।” संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबीनमा सरकार उदासिन रहेको, जथाभावी तवरले अर्थ र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बजेट रकमान्तर गरेको तर सरकारले सदनलाई जानकारी नगराएको भन्दै उनले प्रतिपक्षी दलले उठाएको माग सम्बोधन नहुँदासम्म सदन चल्न नसक्ने तर्क गरे ।

उनले बोलिरहेको बेला एमाले सभासद विकास लम्सालले नियमापत्ती जनाएका थिए । जनताले निर्वाचित गरेको सभासद् र निर्वाचन प्रणालीको धज्जी उडाएको भन्दै उनले नियमापत्ती गरिएको बताए ।

विपक्षी दलले १६ जेठदेखि संसद अवरुद्ध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>