थप समाचारमंगलबार, जेठ २७, २०७१

कराचीः विमानस्थल नजिक फेरि अातंकवादी आक्रमण

हिमालखबर

२५ जेठ राति भएको कराची एयरपोर्ट आक्रमणमा विष्फोटपछि धुवाँको मुस्लो । तस्वीर: एएफपी

पाकिस्तानको ठूलो शहर कराचीमा एयरपोर्ट सिक्योरिटी फोर्स (एएसएफ़) को क्याम्पमा २७ जेठमा तालिवानी आतंकवादीले आक्रमण गरेका छन् ।

सैनिक र आतंकवादीबीच भिडन्तपछि आतंकवादीहरु त्यहाँबाट भागेको र आक्रमणकारीहरुको खोजी भइरहेको एसएसएफका प्रवक्ताले जनाएका छन् ।

आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय तालिवानी संगठन ‘तहरिक–ए–तालिवान’ ले लिएको पाकिस्तानी मिडिया ‘द डन’ ले जनाएको छ । कराचीस्थित जिन्ना विमानस्थल नजिकै एएसएफ क्यम्पमा आक्रमण भएपछि त्यहाँ अवतरण गर्ने विमानहरुलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ ।

आक्रमणमा अहिलेसम्म कोही पनि हताहत नभएको खबर छ ।

एसएसफ क्याम्प विमानस्थलभन्दा करिब डेढ किलोमिटर टाढा छ । यसअघि २५ जेठ राति ११ बजे  ‘तहरिक–ए–तालिवान’ ले जिन्ना विमानस्थलमा गरेको आक्रमणमा १० जना आतंकवादी सहित ३० व्यक्तिको मृत्यु भएको थियो ।

बारम्वर विमानस्थल नजिक आक्रमण हुन थालेपछि पाकिस्तानमा सुरक्षा चुनौति बढेको छ भने विदेशी मिडियाहरुले पाकिस्तान सुरक्षित नभएको टिप्पणी गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>